राष्ट्र बैंकले वित्तीय प्रणालीबाट फेरी २० अर्ब तान्दै

राष्ट्र बैंकले वित्तीय प्रणालीबाट फेरी २० अर्ब तान्दै

बैंक खबर । रिभर्स रिपोमार्फत ४० अर्ब रुपैयाँ प्रशोचन गर्दासमेत वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति रहेपछि नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत सो रकम प्रशोचन गर्न लागेको जनाएको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २९ दिनको लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । निक्षेप संकलनका लागि आज (असार २८ गते) दिउँसो तीन बजेसम्म अनलाइन बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । असार २८ गते निष्काशन हुने यो निक्षेप संकलन उपकरण साउन २६ गते परिपक्व हुने छ । यो निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । 

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । 

निक्षेप संकलन बोलकबोल भनेको के हो ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस