नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत हुने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत हुने प्रक्षेपण

अर्थतन्त्र । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै चालू वर्ष सन् २०२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको हो । 

एडीबीले सन् २०२४ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा बढ्ने अनुमान गरेको हो ।

आर्थिक वृद्धिदरमा सुधार हुँदै जाने देखिए पनि मूल्यवृद्धिमा चाप कायमै रहने अनुमान गरेको छ । नेपालमा सन् २०२३ मा मुद्रास्फीति ७.७ प्रतिशत रहने अनुमान एडीबीको छ । सन् २०२४ मा भने त्यो घटेर ६.२ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । भारतमा मूल्यवृद्धि घट्ने अनुमान गरिएका कारण त्यसको असर नेपालमा पनि पर्ने एडीबीले जनाएको छ । 

अर्थतन्त्र सुधारोन्मुख देखिए पनि चुनौती भने कायमै रहेको जनाएको छ । आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम भने अझै बाँकी रहेको एडीबीका प्रमुख अर्थशास्त्री जान हनसेनले उल्लेख गरेका छन् । 
 

All finanical information at your fingertips.


शेयर गर्नुहोस