नेपालको ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय

नेपालको ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय

अर्थतन्त्र । नेपालको सार्वजनिक ऋण २३ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारको ऋण दायित्व २३ खर्ब ९ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख रुपैयाँ र बाह्य ऋण ११ खर्ब ६९ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

साउन र भदौमा कुल ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ उठाएको छ । जसमध्ये साउनमा १५ अर्ब ७७ करोड ८३ लाख र भदौमा ३३ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ छ । जसमा आन्तरिक ऋण ४४ अर्ब २६ करोड र बाह्य ऋण ४ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ छ । असारमा १३ अर्ब ६ करोड आन्तरिक ऋण र २ अर्ब ७१ करोड ८३ लाख बाह्य ऋण प्राप्ती गरेको थियो । भदौमा आन्तरिक ऋण ३१ अर्ब २० करोड र बाह्य ऋण २ अर्ब २५ करोड ४९ लाख रुपैयाँ प्राप्ती गरेको छ । 

सरकारले दुई महिनामा आन्तरिक तर्फ ४१ अर्ब ६१ करोड २२ लाख रुपैयाँ र बाह्य तर्फ ८ अर्ब १६ करोड ८७ लाख रुपैयाँ साँवा तथा ब्याज भुक्तानी गरेको छ । 

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ अनुसार हिसाब गर्दा नेपालको प्रतिव्यक्ति सार्वजनिक ऋण दायित्व ७९ हजार २०१ रुपैयाँ हुन्छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस