फेरि २७ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार

फेरि २७ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार

बैंक खबर । सरकारले सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । कात्तिक १३ गते ट्रेजरी बिल बिक्रीमार्फत सरकारका लागि सो रकम बराबरको ऋण उठाउन लागेको राष्ट्र बैंकले जनाएको छ । 

सरकारका लागि पुरानो ट्रेजरी बिलको रकम भुक्तानी गर्नुपर्ने भएपछि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण अन्तर्गत बिक्री निष्काशन गरेको हो । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १३ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि निष्काशन भएको छ ।

ट्रेजरी बिल कात्तिक १४ गते जारी हुने छ । ट्रेजरी बिल खरिद गर्न इच्छुक खरिदकर्ताले भोली (सोमबार) दिउँसो ३ बजेभित्र बोलकबोल पेस गर्नुपर्नेछ ।

All financial information at your fingeritps.


शेयर गर्नुहोस