आरम्भ चौतारी लघुवित्तले डाक्यो चैत ३० गते वार्षिक साधारणसभा

आरम्भ चौतारी लघुवित्तले डाक्यो चैत ३० गते वार्षिक साधारणसभा

बैंक खबर । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैैत ३० गते छैठौं वार्षिक साधारणसभा गर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको चैत ८ गते बसेको १३२ औं बैठकले चैत ३० गते काभ्रेपलाञ्चोक स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजे साधारणसभा डाकेको हो । 

साधारणसभाले भविश्यमा कुनैपनि लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रयोजनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । अन्य केही निर्णय पनि गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले चैत २० गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन् । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस