लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो साधारणसभा, छैन लाभांश प्रस्ताव

लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो साधारणसभा, छैन लाभांश प्रस्ताव

बैंक खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशनले मंसिर १८ गते साधारणसभा डाकेको छ । इन्स्योरेन्सले बिना लाभांश साधारणसभा बोलाएको हो । साधारणसभा ललितपुरको जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सवा ११ बजे बस्ने इन्स्योरेन्सले जनाएको छ । 

साधारणसभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनको लागि इन्स्योरेन्सले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर १० गतेसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्।

All financial information at your fingertips.


शेयर गर्नुहोस