हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन

हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन

बीमा खबर । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आज (मंसिर ४ गते) देखि आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुले आईपीओका लागि आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्न लागेको हो । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरक कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता र बाँकी सर्वसाधारणका लागि निष्काशन हुँदैछ ।

इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले सेयर निष्काशन गरेको हो । आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ए’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता सुरक्षित रहेको संकेत गर्छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस