स्वावलम्बन लघुवित्तले १३ प्रतिशत लाभांश दिने

स्वावलम्बन लघुवित्तले १३ प्रतिशत लाभांश दिने

बैंक खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तले १२.३५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न लघुवित्तले पुस ४ गते २२औँ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांकेट क्याटेरिङ एण्ड इभेन्ट्समा हुनेछ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर २२ गते बुक क्लोज मिति तोकेको छ। उक्त मिति भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन्।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस