काठमाडौं । नेपाली बजारमा (साउन १५ गते, बिहीबार) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ । यस्तै चाँदी तोलामा ४० रुपैयाँले घटेको हो ।
आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज बजारमा चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँ खरिदबिक्री भएको छ ।
