बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखराको चिप्लेढुंगामा रहेको कोरियन स्किन हस्पिटल लेट मेइनका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् ।
बैंक र लेट मेइनबीच बैंकका ग्राहकलाई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ । यससँगै ग्राहकले लेट मेइनले उपलब्ध गराएका विभिन्न सेवाहरु १० प्रतिशत र कोरियन उत्पादनमा ८ प्रतिशत छुट पाउने भएका हुन् ।
छुट पाउनका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक ९ःयद्यबलप० एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
लेट मेइनसँगको यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
