काठमाडौँ । नेपालको सवारी साधन इतिहासमा होण्डाको डिओ १२५ स्कूटर पहिलो पटक ५३०० मिटर उचाइमा पुगेको छ । डिओ १२५ ले डोल्पाको ज्याङला पास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा पुरा गरेको हो ।
नेपाल एट्थ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनीसँगको सहकार्यमा होण्डा डिओ १२५ स्कूटरमार्फत सो यात्रा सम्पन्न गरेको हो ।
शहरी यात्राका लागि निर्मित स्कूटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई नै पुनः परिभाषित गरिदिएको कम्पनीको दाबी छ ।
काठमाडौंदेखि जोमसोम, भेरोल, धो तराप हुँदै डोल्पाको ज्याङला पाससम्म याता गरेको हो । यात्रामा लगातार उकालो, ढुंगे बाटाहरू, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनता झेल्दै कुनै ठूलो यान्त्रिक समस्या बिना ज्याङला पास पुगेको कम्पनीले जनाएको छ ।
स्कूटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिंग प्रणाली, कम्बाइन्ड ब्रेकिंग सिस्टम (सीबीएस) लगायतका अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ । साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता फिचरहरूले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्ठ वन्डरले जनाएको छ ।
नेपाल एट्थ वन्डर टोलीले यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र नभएर प्रेरणादायी भएको बताएको छ ।
होण्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले विगत ५७ वर्षदेखि होण्डाको मोटर बाइक नेपालमा बिक्री वितरण गर्दै आएको छ ।
