काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको छ।
बोर्डले साउन १५ गते बैंकलाई शत प्रतिशत (१ः१) अनुपातमा हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो।
बैंकले अब प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर जारी गर्नेछ, जसको कुल रकम २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ हुन्छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ।
