काठमाडौं । नेपाली बजारमा आज (साउन १६ गते शुक्रबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन बिहीबार पनि यी धातुको मूल्य घटेको थियो।
आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँ घटेर २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।
