बैंकको खबर । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ। लघुवित्तले गत आर्थिक वर्षको अन्तिमसम्म १० करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७.१९ प्रतिशत कम हो । आर्थिक वर्ष २०८०/८१मा लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ कमाएको थियो ।
लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँ छ । यस्तै प्रतिशेयर वितरणयोग्य आम्दानी ७ रुपैयाँ ९८ पैसा पुगेको छ।
लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेर ९ रुपैयाँ ९८ पैसामा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ रुपैयाँ ३ पैसा कम हो। यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ७०.२६ गुणा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा छ।
आरएसडिसीको हालको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ छ। संस्थाको जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।
