बैंकको खबर । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२मा एक अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२.१५ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१ मा बैंकले १ अर्ब २३ करोड रुपैयाँ कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण नाफामा वृद्धि देखिएको हो । बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ।
बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक देखिएको छ ।
नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ। यसैगरी, मूल्य आम्दानी अनुपात ३३.९८ गुणा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ।
बैंकले २०८२ असार मसान्तसम्ममा ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
