काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । बिहीबार बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गरेको हो ।
शर्मालाई बिहीबारबाट नै लागु हुनेगरी नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।
गत चैत पहिलो साता तत्कालीन सीईओ चोलराज शर्माले राजीनामा दिएपछि सो पद रिक्त थियो । त्यसपछि सञ्चालक समितिले मेषबहादुर बस्नेतलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

Leave a comment