बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषहरुमा रहेको रकम बैंकमा निक्षेप राख्न लागेको हो ।
निक्षेप लिन इच्छुक तोकिएको शर्तहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई भदौ ८ गतेभित्र प्रस्ताव पेश गर्न सक्नेछन् ।
राष्ट्र बैंकले सेप्टेम्बर ११, २०२५ देखि सेप्टेम्बर ११ २०२६ सम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा सो पैसा राख्न लागेको जनाएको छ । वाणिज्य बैंकहरुमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा ४१ करोड ६५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ राख्ने जनाएको छ ।
