काठमाडौँ । नेपाली बजारमा हिजो बिहीबारको तुलनामा आज शुक्रबार सुनचाँदीको मूल्य केही बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदी ४० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँ छ । हिजो एक लाख ९४ हजार ८०० रुपैयाँ थियो ।
आज चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँ पुगेको छ । हिजो दुई हजार २९० रुपैयाँ थियो ।
