बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकले कैलाली हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकले सो हस्पिटलसँग छुट दिने सम्बन्धमा सम्झौता भएको जनाएको छ ।
बैंकले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउन सकिने जनाएको छ ।
अस्पतालले उपलब्ध गराउने विभिन्न सुविधामा एनआईसी एशियाको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्दा यो छुट पाउन सकिने छ ।
