बैंकको खबर । नेपाल बैंकका ग्राहकले विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच यससम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा ५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने छ ।
सम्झौतापत्रमा बैंकका कोशी प्रादेशिक कार्यालयका प्रमुख सुर्यप्रकाश भट्ट र हस्पिटलका निर्देशक राजेश भट्टराइले हस्ताक्षर गरेका छन् ।
