बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले असारको तुलनामा साउनमा दिने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा ०.०९ प्रतिशत बिन्दुले घटाएका हुन् ।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ६ वटा बैंकको ब्याजदर घटेको छ भने १४ वटा बैंकको स्थिर छ । यससँगै बैंकहरुको औसत ब्याजदर ४.२५ प्रतिशतबाट ४.१६ प्रतिशतमा झरेको छ ।
ब्याजदर घटाउनेमा एनएबी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड, कुमारी बैंक र ग्लोबल आइएमई बैंक छन् । नबिल, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल, कृषि, नेपाल एसबीआई, एभरेस्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी र प्राइम बैंकको ब्याजदर यथावत छ ।

Leave a comment