काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि भदौ १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको हिस्सा वितरण भइसकेपछि कम्पनीले सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
आईपीओ भर्न इच्छुक व्यक्तिले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
आईपीओ निष्काशन भदौ १९ सम्म खुला रहनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा भदौ ३० सम्म लम्बिनेछ ।
कम्पनीले करिब ३ अर्ब लागतमा १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण गरेको छ ।
आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
