बैंकको खबर । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या नहटेपछि नेपाल राष्ट्र बैंकले आज पनि ५० अर्ब तानेर व्यवस्थापन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिन अवधिका लागि सो रकम तान्न लागेको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । निक्षेपको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
निक्षेपको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड रुपैयाँ र सो भन्दा बढी ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।
