काठमाडौं । शेयरबजारमा मंगलबार सामान्य अंकको सुधार भएको छ । कारोबार मापक नेप्से परिसूचक ४.८३ अंकले बढेर २,७६६.०९ विन्दुमा कायम भएको छ।
नेप्से सामान्य बढेपनि कारोबार रकममा भने कमी आएको छ । ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर किनबेच भएको छ ।
आजको कारोबारमा लगानी समूह ०.१०, उत्पादन तथा प्रशोधन ०.६८, लघुवित्त ०.४८ र निर्जीवन बीमा ०.१० प्रतिशतले घटेको छ । बाँकी सबै समूह बढेका छन् । बैंकिङ ०.१४, विकास बैंक ०.९६, वित्त ०.१२, होटल तथा पर्यटन ०.१७, जलविद्युत् ०.०७ र जीवन बीमा ०.०६ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फन्ड ०.१३, व्यापार ०.११ र अन्य समूह १.४२ प्रतिशतले बढेको छ ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै कुमारी सबल योजनाको इकाइ मूल्य ३.६६ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ४८ करोड ९५ लाख ७८ हजार २२४ रुपैयाँको कारोबार भएको छ ।
