बैंकको खबर । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. २ मा रहेको रिसोर्ट माउन्टेन भिस्टा रिट्रिटमा छुट पाउने भएका छन् । रिसोर्टमा सेवा लिएपछि लाग्ने शुल्कमा छुट दिने सम्बन्धमा बैंकले रिसोर्टसँग सम्झौता भएको जनाएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीलाई रिसोर्टका सेवाहरुमा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुनेछ ।
सम्झौतापत्रमा बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिटका बिक्री निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।
