बैंकको खबर । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
साउन ३० देखि भदौ ३ गतेसम्म निष्काशन गरेको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहीबार बाँडफाट भएको हो ।
आईपीओमा २४ लाख ४० हजार ४६० जना आवेदकले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । गोलाप्रथाबाट १९ हजार ५१९ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी रहेको ५ कित्ता शेयर पाँच जनाले थप एक÷एक कित्ताका दरले पाएका छन् ।
