बैंकको खबर । आइसिएफसि फाइनान्सले ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । फाइनान्सले ८ प्रतिशत ब्याजदरमा १००० रुपैयाँ अंकित दरका ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको हो ।
फाइनान्सले ऋणपत्रको नाम ‘आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८९’ दिएको छ । यो ऋणपत्र २०८९मा परिपक्व हुनेछ ।
फाइनान्सले अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि ऋणपत्र बिक्री निष्काशन गर्नेछ ।
