बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको कैलालीमा रहेको सिपी हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच यस सम्बनधमा सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले सिपी हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले एनआईसी एशियाको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड र मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
हस्पिटलसँगको सहकार्यले उक्त क्षेत्रमा बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
