काठमाडौं । नेपाली बाजरमा सुनको मूल्य दुई लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १२०० रुपैयाँ बढेर २ लाख ६०० रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि रेकर्डस्तरमा कारोबार भइरहेको छ। हिजोका तुलनामा आज प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँमा कारोबार भएको छ ।
