बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा लिएका ऋणीहरूको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले हालै संशोधन गरिएको एकीकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो। संशोधनअनुसार, बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीहरूको विवरण आफ्नै वेबसाइटमार्फत त्रैमासिक रुपमा प्रकाशित गर्नुपर्नेछ।
