काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ ।
विमानस्थल कार्यालयले सूचना जारी गर्दै देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएको र पदर्शनका कारण उत्पन्न विषम परिस्थितिले विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवाको कारण उडान बन्द गर्नुपरेको जनाएको छ ।
विमानस्थल कार्यालयले विमानको सुरक्षामा गम्भीर असरपर्न सक्ने भएकाले अर्को सूचना नभएसम्म विमानस्थल बन्द रहने जानकारी गराएको छ ।
