काठमाडौँ । नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलले सञ्चार तथा सुचना प्रविधि मन्त्रीमा पत्रकार जगदीश खरेललाई, उद्योग, कानुन र भुमि व्यवस्था मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीमा महावीर पुनलाई र कृषि मन्त्रीमा डा. मदनप्रसाद परियारलाई सपथ गराएका हुन् ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएकोमा अन्तिम समयमा रोकिएको छ ।
प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
