काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
असोज ३० गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश छ।
यसबाहेक सञ्चालक समितिले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। त्यसैले कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
