काठमाडौं। आज कात्तिक ९ गते आइतबार युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्दैछ ।
भोली (सोमबार) छठ पर्वका लागि सार्वजनिक बिदाको दिन परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु साधारणसभामा सहभागी हुन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
युनिलिभर नेपालले कात्तिक २५ गते, मंगलबारका दिन काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो ४ बजेका लागि ३२औँ वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिले आफ्ना शेयरधनीलाई प्रतिकित्ता १८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरिसकेको छ ।
