काठमाडौँ । नेपाली बजारमा आज (कात्तिक १० गते सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा तोकेको छ ।
युरोपियन युरो भने हिजोको तुलनामा बढेको छ । युरो एकको खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा थियो । यस्तै, बेलायती पाउण्ड स्टरलिङको भाउ पनि बढेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५३ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा थियो ।
त्यसैगरी स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०३ पैसा कायम भएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २१ पैसा र बिक्रीदर १०० रुपैयाँ ६४ पैसा, र सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा तोकिएको छ।
त्यस्तै साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा, र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।
बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १३ पैसा तोकेको छ। कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५९ रुपैयाँ ४६ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। ओमानी रियाल एकको खरिददर ३६४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा रहेको छ।
