Home अर्थतन्त्र अब सहकारीहरूको अभिलेखीकरण अनलाइनबाटै
अर्थतन्त्रप्रमुख खबर

अब सहकारीहरूको अभिलेखीकरण अनलाइनबाटै

Share
Share

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणमुखी सहकारीहरूको दर्ता अभिलेखीकरणका लागि नयाँ ‘सफ्टवेयर’ आधारित अनलाइन प्रणाली सुरु गरेको छ । बुधबार ललितपुरको पाटनमा आयोजित कार्यक्रममा प्राधिकरणले सहकारी सञ्चालक वा व्यवस्थापन पक्षको भौतिक उपस्थिति आवश्यक नपर्ने स्वचालित दर्ता प्रक्रिया सार्वजनिक गर्यो ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीहरूलाई कर्जा सूचना केन्द्रको सदस्य बन्न सक्ने व्यवस्था गरिएको र निक्षेप तथा कर्जा सुरक्षा कोषमा समावेश हुने प्रक्रिया सहज बनाइने जानकारी दिए । उनले सहकारी क्षेत्रका पुराना समस्याहरू समाधान गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम कडाइका साथ कार्यान्वयन गरिने बताए ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतले सहकारीहरूको संरचना र संख्या अनुसार प्रणालीलाई थप उपयोगी बनाउन आग्रह गरे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका कोषाध्यक्ष दीपक थापाले प्रारम्भिक सहकारीहरूलाई वित्तीय पृष्ठपोषण र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै प्राधिकरणलाई सहजकर्ताको भूमिकामा काम गर्न सुझाव दिए ।

राष्ट्रिय सहकारी बैंकका सीईओ बद्री गुरागाईंले नयाँ प्रणालीले तथ्यांक व्यवस्थापन र सम्पत्ति शुद्धीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै अझ सुधार आवश्यक रहेको बताए ।

देशभरका बचत तथा ऋण सहकारीहरूको प्रभावकारी नियमन, सुपरिवेक्षण र अनुगमनका लागि सरकारद्वारा २०८१ माघ १४ गते सहकारी नियमन प्राधिकरण गठन गरिएको थियो ।

Share
Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

रास्वपा महाधिवेशनमा शीर्ष नेताहरूको जमघट : गगन थापादेखि राजेन्द्र लिङ्देन र बाबुराम भट्टराईसम्म भरतपुरमा

काठमाडौं । आइतबारदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies