काठमाडौं । आज बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.०८ अंक बढेर २७३१.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२६ अंक बढेर २७३१.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ५३ स्टकको १२८ पटकको कारोबारमा २ करोड २९ लाख ११ हजार १२० रुपैयाँ ९० पैसा बराबरको ४४ हजार ७२९ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Leave a comment