काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले फागुन ११ गते सोमबार लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सभा आयोजना गर्ने जनाएको छ।
सभामा हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि १२.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार माघ २२ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

Leave a comment