काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवैमा वृद्धि देखिएको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ बराबरको बिक्री आम्दानी गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिसम्म यो बढेर ३ अर्ब २४ करोड ३० लाख रुपैयाँ पुगेको छ।
बिक्री आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको खुद नाफा पनि १०.७३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४० करोड ४९ लाख रुपैयाँ रहेको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्म बढेर ४४ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३१ पैसा कायम भएको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात रेसियो ४६.८४ गुणा रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७६ करोड ९८ लाख रुपैयाँ सञ्चित रहेको छ।

Leave a comment