काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ३७ सयले घटेर ३ लाख १३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १६ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर ५४१० मा कारोबार भइरहेको छ ।

Leave a comment