काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ३८ सयले बढेर ३ लाख १७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ३१० रुपैयाँले बढेर ५७२० मा कारोबार भइरहेको छ ।

Leave a comment