काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आजपनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको ५४ सयले घटेर ३ लाख २ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले घटेर ५०१० मा कारोबार भइरहेको छ ।

Leave a comment