Home अर्थतन्त्र काठमाडौं महानगरका हरेक वडामा २५ प्राथमिक उपचारकर्ता उत्पादन गरिने, रेडक्रससँग सम्झौता
अर्थतन्त्रप्रमुख खबर

काठमाडौं महानगरका हरेक वडामा २५ प्राथमिक उपचारकर्ता उत्पादन गरिने, रेडक्रससँग सम्झौता

Share
Share

काठमाडौं । काठमाडौं महानगरले सबै वडा (३२ वटा) मा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।

दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्‍याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन गर्न कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपकुमार के। सी। र रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलका बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

‘आपतकालीन अवस्थाका व्यक्तिको जीवन रक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।’ सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले भनिन, ‘वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परता जस्ता सूचकका आधारमा तालिम चल्नेछ । एक पटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन् ।’

सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपियाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेप्से परिसूचक २६.२९ अंकले घट्यो, ३ अर्ब ५५ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओरालो लागेको...

शाओमी नेपालको सेवा विस्तार, इटहरी र नारायणगढमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । शाओमी नेपालले इटहरी र नारायणगढमा आफ्ना नयाँ आधिकारिक सर्भिस सेन्टर...

युट्युबको सिकाइले बनायो सफल किसान, कागती बगैँचाबाट सुलोचनाको लाखौँ आम्दानी

दाङ । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम...

ऊर्जा मन्त्रालयको सय दिन : थपियो १३८ मेगावाट विद्युत, रोक्का रहेका प्रसारण लाइन सुचारु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies