काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १२ हजार ५ सयले घटेर २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ३५५ रुपैयाँले घटेर ४५४० मा कारोबार भइरहेको छ ।

Leave a comment