काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १६ सयले बढेर ३ लाख १ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१६० मा कारोबार भइरहेको छ ।

Leave a comment