काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ८ सयले घटेर ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ ।

Leave a comment