काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटघाट गरेका छन्।
भेटका क्रममा राजदूत माएदाले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
उक्त भेटमा दुवै पक्षबीच कानून सुधारका क्षेत्रमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति व्यक्त गरिएको छ । साथै सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्सलगायत तीव्र रूपमा विकसित भइरहेका क्षेत्रलाई नियमन गर्न उपयुक्त कानूनी व्यवस्था आवश्यक रहेको विषयमा पनि जोड दिइएको थियो।
छलफलका क्रममा बदलिँदो विश्व राजनीतिक सन्दर्भमा नयाँ(नयाँ कानूनी चुनौतीहरू सामना गर्न सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने विषयमा समेत कुराकानी भएको थियो।
मन्त्री गौतमले जापान सरकारलाई आवश्यक पर्ने विषयमा नेपाल सरकार छलफलका लागि खुला रहेको सन्देश पनि दिएकी थिइन् ।

Leave a comment