Home अर्थतन्त्र घट्यो डलर, युरो र पाउन्ड स्ट्रर्लिङको भाउ
अर्थतन्त्रबैंक वित्त

घट्यो डलर, युरो र पाउन्ड स्ट्रर्लिङको भाउ

Share
Share

२०८२ वैशाख १६ गते मंगलबार ।

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्ट्रर्लिङको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा विनिमयदर तोकेको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ तीन पैसा तोकेको थियो । 

आजका लागि युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ एक पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा तोकेको छ । हिजो सोमबार युरो एकको खरिददर १५५ रुपैयाँ पाँच पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा थियो । यसैगरी आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ पाँच पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा तोकिएको छ । हिजो पाउन्ड एकको खरिददर १८१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा थियो ।

केन्द्रीय बैंकले आजका लागि स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा तोकेको छ । 

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा विनिमयदर निर्धारण गरेको छ ।

आजका लागि जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा तोकिएको छ ।
 
यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies