काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (जेठ २१ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४६ लाख ७४ हजार कित्ता शेयर बिक्री खुला गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ।
आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्बा प्रणालीमार्फत दिन सकिनेछ।

Leave a comment