काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको २ सयले घटेर ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ८५ रुपैयाँले घटेर तोलाको ५२८५ मा कारोबार भइरहेको छ ।

Leave a comment